विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित शुक्रबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-५ का २२ बर्षीय अमन अछामे र २२ बर्षीय संजिव बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री चेकजाँचको क्रममा १ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्