विराटनगर । विराटनगर ९ मा रहेकाे इडेनबर्ग इन्टरनेशनल कलेजको बिबिएस दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र/छात्राहरुले एक दिने शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।
शुक्रबार कलेजका विद्यार्थीहरुले सुनसरी जिल्लाको बर्जु गाउँपालिकको अमाहिवेल्हामा रहेको इष्टर्न सुगर मिलको अवलोकन भ्रमण गरेका हुन्।
३२ जना छात्र/छात्रा र ३ जना शिक्षकहरुको सहभागीता रहेकाे भ्रमण टोलीले बिभिन्न शैक्षिक गतिबिधीहरुलाई अवलोकन गरेपछि विद्यार्थीहरुको पढाईमा र वर्तमान शैक्षिक अवस्थामा थप उर्जा मिल्ने कलेजका प्रमुख मेघान्नद झाले बताए ।
प्रत्येक वर्ष कलेजले भारतको प्रसिद् सहर दिल्ली, मुबई, गोआ लगायतका सहरहरुमा भ्रमण गराउदै आएको कलेजका व्यवस्थापक निर्देशक राजेश कुमार यादवले जानकारी दिए।
शैक्षिक भ्रमणबाट नयाँ कुरा सिक्न पाएको विद्यार्थीहरुले बताएका छन् ।