काठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक÷एक गोल गरिन् ।
यता नेपालका लागि भने मनमाया दमाईले एक गोल फर्काइन् । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भूटानको सहभागिता रहेको छ ।
अब नेपालले आफ्नो दोस्रो खेल आइतबार भूटानसँग खेल्नेछ ।