कोसी अस्पताल विराटनगरबाट चोरी भएको सिटी भेटियो, ब्याट्री गायब

<span class='c1'>कोसी अस्पताल विराटनगरबाट चोरी भएको</span> <span class='c2'>सिटी भेटियो, ब्याट्री गायब</span>

विराटनगर। विराटनगरको कोसी अस्पतालबाट चोरी भएको सिटी सफारी ट्राफिक प्रहरीले फेला पारेरे सम्बन्धित धनीलाई फिर्ता दिएएको छ । तर, सिटीमा प्रयोग हुने ब्याट्री भने चोरी भएका छन् ।

अस्पताल क्षेत्रमा पार्किङ गरेर राखेको अवस्थामा प्रदेश १–०२–००३ ह २७२५ नम्बरको सफारी गत बुधबार चोरी भएको थियो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार खोजतलासका क्रममा सफारी आदर्श विद्यालयनजिक बेवारिसे अवस्थामा फेला पारिएको जानकारी दिए।

सफारीमा प्रयोग हुने ब्याट्री भने फेला परेन। सफारीमा लाग्ने ४ वटा ब्याट्री चोरीमा संलग्नले लगेर सफारी त्यहाँ छोडिदिएका थिए ।

सुनसरीको बर्जु गाउँपालिका–३ घर भएका रायले बिरामी अवस्थाकी आमा राजवतीदेवी रायलाई त्यही सफारीमा राखेर उपचारका लागि अस्पताल ल्याएका थिए। पार्किङ गरेर आमाको उपचारमा व्यस्त भएको मौका पारेर सफारी चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्