विराटनगर । विराटनगरमा सोमबार बिहान स्यालले टोक्का एकजना घाईते भएका छन् ।
विराटनगर–१२ का ६० वर्षीय दुखाई कामतलाई स्यालले हातमा टोकेर घाईते बनाएको हो ।
बिहान सबरै उठेर उनी नजिकैको धिधुवा खोला पुगेका थिए । बाक्लो हुस्सुले छोेपेका कारण केहि नदेखेका कामतलाई स्यालले एक्कासी टोकेको थियो । स्थानीयका अनुसार कामत खोला किनार हुँदै खेति हेर्न गएका थिए । तर, कसैकसैले भने उनी खोला किनारमा दिसा बस्न गएको समेत बताएका छन् ।
स्यालले हातमा टोकेपछि कामत अहिले कोसी अस्पतालमा उपचाररत रहेको भतिज सुनिल कामतले जानकारी दिए । उनले खेतिमा गएको बखत स्यालले टोकेको दावी गरेका छन् ।
घाईते कामतको हातमा स्यालका दाँत गाडिएका कारण सुनिएको छ ।