विराटनगर । नक्कली रक्सी बिक्री गरेको सुचना आधारमा आन्तरिक राजस्व कार्यालय विराटनगरले सहकारी मार्गमा रहेको उमा ट्रेडर्समा शिलबन्दी गरेको छ । कार्यालयको टोलिले मंगलबार सञ्चालक सन्तोषकुमार निधी रहेको ट्रेडर्समा शिलबन्दी गरेर नमुना परीक्षण गरेको हो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख डा.डिबी क्षेत्रीले शिलबन्दी गरेर नमुना संकलन गरिएको जानकारी दिएका छन् । सुचनाका आधारमा शिलबन्दी गरिएको छ, क्षेत्रीले भने–संकलन गरिएको नमुना परीक्षणका लागि विभागमा पठाउने छौं ।
परीक्षणमा कैफियत फेला परे शिलबन्दी गरिएको पसल तथा गोदाम भित्र थप अनुसन्धान गरेर जरिवाना भराईने छ ।