विराटनगरमा लागुऔषध प्रयोगकर्तालाई प्रहरीको मनोसामाजिक परामर्श

<span class='c1'>विराटनगरमा लागुऔषध प्रयोगकर्तालाई</span> <span class='c2'>प्रहरीको मनोसामाजिक परामर्श</span>

विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध न्युनिकरणका लागि ‘म सक्छु’ अभियान सुरु गरेको छ । प्रदेश १ का १४ जिल्लामै लागुऔषध दुव्र्यसन, ओसारपसार र कारोबारलाई नियन्त्रण गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको हो ।

प्रहरीले विराटनगर–१६ मा रहेको लागुऔषध क्यानको भवनमा ५० जना प्रयोगकर्तालाई भेला गरेर बुधबार मनोसामाजिक परामर्श दिइएको छ । जसमा लागुऔषध प्रयोगले व्यक्तिको स्वास्थ्यमा पार्ने असर, घरपरिवार र समाजलाई पार्ने नकारात्मक प्रभावको विषयमा जानकारी गराइएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा संचालन भएको कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोग कर्ताहरुलाई मनोसामाजिक परामर्श प्रदान गरेका थिए । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा संचालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्