मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टाेलीकाे बिदाइ

<span class='c1'>मैत्रीपूर्ण फुटबलका लागि भारत</span> <span class='c2'>जाने टाेलीकाे बिदाइ</span>

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राईलगायतले बिदाइ गरेका हुन् ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

बिदाइपछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भए पनि टोलीले सुखद नतिजा निकाल्ने बताए । दुई साताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकाले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताए ।

नेपाली टोलीले भारतसँग चेन्नईमा फागुन ३ र ६ गते मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाली टोली सोमबार चेन्नाई प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्