विराटनगरमा ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ शो चैत्र २५ गते हुने

<span class='c1'>विराटनगरमा ‘फ्लायर्स फिल्म अवार्ड २०७९’</span> <span class='c2'>शो चैत्र २५ गते हुने</span>

विराटनगर । काठमान्डौ बाहिर मोफसलमा पनि नेपाली फिल्मको विकास र विस्तार गर्ने उद्देस्यले प्रदेश १ को राजधानी विराटनगरमा नेपाली फिल्मसम्बन्धी अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।ओजस फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ आगामी चैत्र २५ गते आयोजना गर्ने भएको हो ।

विराटनगर मेन रोडस्थित जैन भवनमा फिल्मी अवार्ड कार्यक्रम आयोजना गरिने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । विराटनगरमा भव्य र सभ्य रुपमा अवार्ड वितरण कार्यक्रम आयोजना गर्ने दावी छ । यस अघि नै गर्ने भनिएको अवार्ड वितरण विभिन्न प्राविधीक कारणले रोकिदै आएको थियो । यसपटक गराएर छाड्ने आयोजकको दावी छ । विराटनगरमा एक करोड खर्च गरेर यो कार्यक्रम आयोजना गर्ने आयोजकको दावी छ ।

तीनर्ष भित्र बनेका फिल्महरुलाई समावेश गरी विभिन्न २३ वटा विधामा अवार्ड प्रदान गरिने आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । राजवंशीका अनुसार बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर, बेस्ट म्यूजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड लगायत २३ वटा विधा समेटिने भएको छ ।

भारतको मुम्बईमा केही वर्ष काम गरेका साइमनले त्यहाँको साइमन फिल्मसको डिजाइनअनुरूप विराटनगरमा पहिलो पटक अवार्ड सो गर्न लागिएको बताएका छन् । प्रदेश १ का प्रमुख सबै जातजातीको मौलिक संस्कृति,भेषभूषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्यका साथै दर्जनौँ बढी कलाकारद्धारा विशेष प्रस्तुतीहरु समेत प्रर्दशन गरिने भएको आयोजकले जनाएको छ । कार्यक्रमका लागी प्रदेश एक सरकार र स्थानीय विराटनगर महानगरपालिका प्रवद्धक रहने भएका छन् । फिल्महरुको नोमिनेसन क्याटगोरी भिडियो यस अघि नै सार्वजानिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्