विराटनगर । विराटनगर–१२ बाट खान अयोग्य माछा बरामद गरेर नष्ट गरिएको छ । भारतबाट भित्र्याइएको माछा केशलिया रोडमा सशस्त्र प्रहरीले बरामद गरेको हो । एक क्विन्टल माछाको बजार मूल्य २६ हजार ५०० पर्दछ ।
माछा पक्राउ गरेपछि पशु क्वारेन्टाइट कार्यालय विराटनगरमा बुझाइएको थियो । उक्त कार्यालयले माछा नष्ट गर्ने स्थान नभएको भन्दै पुनः बखरीमा लगेर खाल्डोमा पुरिएको जनाइएको छ ।