विराटनगर । ‘उपाय स्टेसन’ को उद्घाटन हुने भएको छ ।
नेपालकै पहिलो बिश्रामकेन्द्र युक्त ट्रक स्टेसन उपाय स्टेसन
शुक्रबार उद्घाटन हुने भएको हो ।
यातायात चालकहरुका लागि आराम गर्ने, खाने, बस्नका लागि
सहज होस भन्ने उदेश्य सहित उपाय स्टेसनको उद्घाटन गर्न
लागिएको मिडिया संयोजक न्यन्सि विष्टले जानकारी दिइन् ।
उनको अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँसवारी (एसियन पेट्रोल पम्प) मा उद्घाटन हुने भएको हो ।