बुढीगंगामा ‘उपाय स्टेशन’ सञ्चालनमा

<span class='c1'>बुढीगंगामा ‘उपाय</span> <span class='c2'>स्टेशन’ सञ्चालनमा</span>

विराटनगर । नेपालको लजिजटिक्स कम्पनी उपायले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ३ मा उपाय स्टेशन सञ्चालनमा ल्याएइको छ ।

प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप लजिजटिक्स कम्पनी उपायले करिब ३ बिघाको क्षेत्रफलमा ’उपाय स्टेशन’ कोशुक्रबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएको हो ।

उपाय स्टेशनमा ठुला सवारी साधनका चालकहरुको लागी विश्राम केन्द्र, ७० भन्दा धैरै ट्रकहरू पार्किङ गर्न मिल्ने व्यवस्था, नुहाउने र लुगा धुने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको उपायका संचालक रन्जिव श्रेष्ठले जानकारी दिए ।

बुढीगंगा-३ नेपाल जुट मिल नजिकै रहेको एसियन पेट्रोल पम्प छेउमा उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र रहेको श्रेष्ठले बताए ।
यस स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको कम्पनीको भनाइ छ। उपायले नेपालको सातै वटै प्रदेशमा उपाय स्टेशन खोल्ने योजना समेत बनाएको कम्पनीले जनाएको छ ।
पहिलो सेवामा प्रविधिको मद्धतबाट दुई पाङग्रे देखी २१ टनको ट्रक सम्मको गाडी नेपालका ठुला शहरमा बुक गर्न मिल्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।
प्रविधिको माध्यमबाट ढुवानी व्यवसायलाई डिजिटाईज र सहजीकरण गर्दै समस्त लजिस्टिक क्षेत्रको सुदृढिकरण गर्ने योजना उपायको रहेको छ । पूर्वाधार विकासको सन्दर्भमा, उपायले नेपालका ६० भन्दा बढी सहरहरूमा आफ्ना शाखाहरु विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्