विराटनगर । विराटनगर–७ कोसी अस्पताल अगाडी ट्रेन्ज लाउन्ज एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
काठमाण्डौंको टपरी मःम को स्वादलाई विराटनगरका पारखीसम्म पस्कन रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
रेष्टुरेन्टले युवा वर्गलाई लक्षित परिकारसँगै चियाको स्वाद दिने भएको छ । रेष्टुरेन्टमा दुईजना सञ्चालक छन् । रोजन घिमिरे र दिवस गिरीको साझेदारीमा सञ्चालनमा आएको रेष्टुरेन्टमा दैनिक १० वटासम्म बर्थडे सेलिब्रेशन हुने गरेको छ ।
छिटो र मिठो परिकारमा रमाउन चाहनेहरुका लागि स्वाथ्यवद्र्धकमा पनि उतिकै ध्यान दिईने दावी छ ।