प्रदेश १ प्रदेशसभा : किसानको समस्या सदनमा, समयमै मल उपलब्ध गराउन माग

<span class='c1'>प्रदेश १ प्रदेशसभा : किसानको समस्या</span> <span class='c2'>सदनमा, समयमै मल उपलब्ध गराउन माग</span>

विराटनगर । प्रदेश–१ का प्रदेशसभा सदस्यले रासायनिक मलको अभाव र किसानका समस्याका विषयमा प्रश्न उठाउनुभएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले मलको समस्या तत्काल समाधान गर्न र किसानले उत्पादन गरेको वस्तुको बजारीकरण सहज बनाउन सरकारलाई सुझाव दिनुभएको हो ।

प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्टले गाउँघरमा पर्याप्त युरिया, डिएपीलगायतका रसायनिक मल नपाउँदा किसानमा निराशा छाएको र उत्पादन घट्दै गएको बताउनुभयो । उहाँले अब बर्खे धान लगाउने समय सुरु हुन लागेकाले मलको समस्या समयमै निराकरण गर्न सरकारसँग माग गर्नुभयो ।

सदस्य कमलप्रसाद जगेबुले समयमै विपद् व्यवस्थापन र किसानलाई आवश्यक पर्ने मलको यथोचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । किसानले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने बताउँदै उहाँले भन्नुभयो, “किसानले समयमा नै मल पाउन सकेनन् भने हाम्रो उर्वरायुक्त जमिनबाट उत्पादन हुने बालीमा ह्रास आउँछ । जसले गर्दा हामीले खाद्यान्न सङ्कट भाग्नुपर्ने अवस्था आउँछ ।”

उहाँले किसानका समस्या हल गर्न नसके प्रदेशसभाको लोगो लगाएर बजारमा हिँड्न अप्ठ्यारो पर्ने बताउनुभयो । “हामीले किसानलाई आवश्यक पर्ने मल खेतीको समयसम्म उपलब्ध गराउन नसके हामी यो प्रदेशसभाको हलमा आएर, प्रदेशसभाको लागो लगाएर बजारमा हिँड्नसमेत अप्ठ्यारो पर्ने चुनौती छ”, उहाँले भन्नुभयो ।

नेपाललाई सबैले कृषि प्रधान देश भन्दै भाषण गर्ने गरेको बताउँदै प्रदेशसभा सदस्य खगेश्वरी पौडेलले कृषकको अवस्था कस्तो छ ? भन्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेका वस्तुले राम्रो बजार मूल्य नपाउने तर उपभोक्ताले कृषि उत्पादन महँगोमा किन्नुपरेको बताउनुभयो ।

कृषकको बिक्री मूल्यभन्दा तीन चार गुणा बढी मूल्यमा उपभोक्ताले खरिद गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले प्रश्न गर्नुभयो, “यो अवस्था कहाँबाट सिर्जना भयो ? यसको समाधान किन आजसम्म खोजिएन ?”

चिया किसानले न्यूनतम मूल्य पनि नपाउँदा जीविकोपार्जनमै समस्या आउन थालेको उहाँको भनाइ थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्