नेपालले गुमायो पाँच विकेट

<span class='c1'>नेपालले गुमायो</span> <span class='c2'>पाँच विकेट</span>

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १९ ओभरमा पाँच विकेट गुमाएको छ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल एक तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन फर्केका छन्। यस्तै, कुशल मल्ल १७ तथा सन्दीप जोरा एक रन जोडेर आउट हुँदा अहिले क्रिजमा कप्तान रोहित पौडेल १७ तथा दीपेन्द्रसिंह ऐरी दुई रन बनाएर खेलिरहेका छन्।

नेपालले १९.२ ओभर सकिँदा पाँच विकेट गुमाएर ७१ रन बनाएको छ। नेपाललाई जितका लागि ३०.३ ओभरमा एक सय ४२ रन आवश्यक छ ।

आजको खेलमा जित निकाल्दै नेपाल अपराजित हुँदै सिरिजको अन्त्य गर्ने योजनामा छ । यता च्याम्पियन स्कटल्यान्ड पनि जित निकाल्दै लिग २ को अन्त्य गर्ने योजनामा छ । लिग २ मा च्याम्पियन स्कटल्यान्डले ३५ खेल खेल्दै ५० अंक छ । भने नेपालले २७ खेलबाट २४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्