विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् ।
विराटनगरस्थित होटेल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा नारायण राय यादव, तारा किरण राई, नमिता पौडेल तामाङ, जमान सिंह मोक्तान, रत्न प्रसाद चौंलागाई चयन भएका छन् ।
यस्तै सचिवमा अम्बर राई, सहसचिवमा खगेन्द्र पौडेल, उत्तम आचार्य, वेदनिधि कार्की ढोली चयन भएका छन् भने कोषाध्यक्षमा प्रकाश राई, सह कोषाध्यक्षमा राजीव बस्नेत चयन भएका छन् । यस्तै सदस्यहरूमा गोपाल बराल, कृष्ण घिमिरे, हेमु पोर्तेल, विश्वेश्वर साह, रामप्रसाद मिश्र, दीपेन्द्र कार्की, गणेशबहादुर गुर्धामी, डम्बर कुमार राई, बाबुराम बस्नेत, श्रीराम पण्डित, मीनप्रसाद पराजुली, तोषल भट्टराई, बालकृष्ण दंगाल चयन भएका छन् ।
अन्य सदस्यहरूमा हिमाल दनुवार, डा।नागेन्द्र बहादुर दाहाल, भानुभक्त श्रेष्ठ, देवेन्द्र चापागाईँ, लेखराज मगर, रजनी याम्फु राई, उमेश राई, अम्बिका सुवेदी, सौगात रेग्मी, सरोज सुवेदी, रमिता कुमारी सिंह, चिन्तामणि पोखरेल, दिनेश ढुङ्गेल र अन्जु चौधरी रहेका छन् ।
उक्त सम्मेलनको पूर्व ऊर्जा मन्त्री तथा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले उद्घाटन गरेकी थिइन् भने सम्मेलनमा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका अन्य नेताहरुको सहभागिता थियो । सम्मेलनमा माओवादी केन्द्र निकटका १४ वटै जिल्लाका ३ सय ५० जना कर्मचारीहरूको उपस्थिति थियो ।