जेबी टुहुरे फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>जेबी टुहुरे फाउण्डेशनद्वारा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

विराटनगर । जेबी टुहुरे फाउण्डेशनको आयोजनामा मोरङको मधुमल्लामा निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श शिविर सेवा सम्पन्न भएको छ।

स्वास्थ्य शिविरबाट एक सय ५० जना बिरामीले निःशुल्क सेवा लिएका छन् । मधुमल्ला अस्पतालमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क चेकजाच गरिएको थियो। फाण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले स्वास्थ्य शिविरमा सुगर, प्रेसर तथा मृगौला रोगीहरुको ल्याब परीक्षण गरिएको जानकारी दिइन्।

शिविरमा डा. सरोज मण्डल ,डा. अनुपम घिमिरे , डा. सलव सापकोटा ,डा. वीरेन्द्र दुलालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा यौन तथा लागुऔषध दुर्व्यसनीविरुद्ध ‘युवा शिक्षा कार्यक्रम’ मार्फत परामर्श सेवासमेत प्रदान गरिएको थियो । जनप्रिय गायक दिवंगत जेबी टुहुरेको नाममा स्थापित फाउण्डेशनले विभिन्न सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्