विराटनगर महानगर थाल्यो मिसन ग्रासरुट अभियान

<span class='c1'>विराटनगर महानगर थाल्यो</span> <span class='c2'>मिसन ग्रासरुट अभियान</span>

विराटनगर । नेकपा एमालेले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि सुरु गरेको छ ।
महानगर कमिटीको शुक्रबारको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पोलिटब्यूरो सदस्य तथा अभियानका लागि विराटनगर महानगरको फोकल पर्सनका रुपमा खटिनुभएका विशाल भट्टराई, प्रदेश कमिटीका नेता तथा जिल्ला कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बैठकमा प्रस्तुत गरेका प्रस्तावहरुलाई हलले सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकले केन्द्रिय कमिटीले सञ्चालन गरेको पार्टी सुध्रिढिकरण तथा विस्तारको अभियानलाई तालिका बनाएर अघि बढाउने निर्णय गरेको छ । यस्तै मातहतका कमिटीहरुलाई पनि अभियानमा सक्रियता पूर्वक लागेर समयमा काम सक्न निर्देशित गरेको छ ।
जसअन्तर्गत फागुन १३ देखि १७ सम्म सबै कमिटीको विस्तारित बैठक बसी कार्यायोजना निर्माण गर्ने, जिम्मेवारि बाँडफाँट गर्ने, फागुन १९ देखि २२ सवै वडामा प्रशिक्षण अभियान सञ्चालन गर्ने, फागुन २६ देखि ३० गते सम्म पार्टि सदस्यता नविकरण र नयाँ सदस्यता विस्तार गरिसक्ने निर्णय बैठकले गरेको छ ।

यस्तै चैत १ देखि ५ गते सम्म स्ववियू निर्वाचनमा केन्द्रित भएर अनेराश्ववियुका उम्मेदवारलाई जिताउन पहलकदमी लिने, चैत ६ देखि १५ सम्म टोल अधिवेशन गर्दै समाजमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम महानगर कमिटीले तय गरेको छ । चैत १६ देखि २२ सम्म सबै वडामा अधिवेशन गरि २३ देखि २७ गतेसम्म सबै वडामा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने एमाले विराटनगर महानगर कमिटीले निर्णय गरेको छ । चैत २८ गते सबै मातहतका कमिटीका प्रविदेनहरु सहिहत महानगरको विस्तारित बैठक बसेर अभियानको समिक्षा गर्ने निर्णय गरेको बैठकले चैत ३० गते नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गर्दै बैसाख ९ गते एक समारोहका बिच पार्टीको स्थापना दिवस मनाएर अभियानको औपचारिक समापन गरिने अध्यक्ष सागर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्