सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदन र सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दुवै रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
यसअघि अदालतले सन्दीपलाई र्युएइमा खेल्न जाने अनुमति दिन अस्वीकार गरेको थियो ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो ।