विराटनगरका स्पिनर दीपेश कँडेलको मलेसियाविरुद्ध घातक बलिङ

<span class='c1'>विराटनगरका स्पिनर दीपेश कँडेलको</span> <span class='c2'>मलेसियाविरुद्ध घातक बलिङ</span>

विराटनगर । विराटनगरका युवा बायाँ हाते स्पिनर दीपेश कँडेलले आइसिसी यू १९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् ।

यूएईस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ३५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।

दीपेशले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । कँडेलले बलिङ गरेको ६० बल मध्य ५३ बल डट राख्दै अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन गरे । तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

स्पिनर मिलन बोहराको बलमा एज लागेर अर्का ओपनर मोहम्मद हर्सन १२ रनमा बोल्ड आउट भएका थिए । उनले २४ बल खेल्दै २ चौका प्रहार गरे । मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित २६ रनमा क्याच आउट भए ।

उनी स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । मोहम्मद आलिफ शमासुल बहरिन २८ बल खेल्दै ४ रनमा दीपेश कँडेलबाट कट एड बोल्डको शिकार बने ।

दीपेशले नै सिद्धार्थ निलकण्ठनलाई ३ रनमा स्टम्पिङ आउट गराए । मिलनले शिवनाराण राहुललाई १ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै अजरी अजर जामानलाई विकेटकिपर उत्तम थापामगरबाट पाँच रनमा क्याच गराए ।

नेपालले आज विकेटकिपर दीपक डुम्रेको स्थानमा स्पिन अलराउन्डर मिलन बोहरालाई मौका दिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्