विराटनगर । विराटनगरको चियाका पारखीहरुका लागि ‘चाय सुट्टा बार’ ले आफ्नो वार्षिकोत्सवको अवसरमा डब्बल धमाका अफर संचालनमा ल्याएको छ ।
विराटनगर–२ तिनपैनी चौकस्थित सिटी सिनेमा छेउमा रहेको सो बारले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा अफर संचालनमा ल्याएको हो।

डब्बल धमाका अफर अन्तर्गत पाँच सय रुपैयाँ बराबरको खर्चमा एक हजार रुपैयाँ बराबरको फुड भौचर उपलब्ध गराईने संचालक महेश सोनीले जानकारी दिए।
उनका अनुसार फुड भौचरको रकम मार्फत १० प्रतिशत छुट पाइने छ । भने भौचरको रकम जबसम्म सकिदैन तबसम्म प्रयोग गर्न पाइने संचालक सोनीले बताए।

चाय सुट्टा बारमा अदरक, चकलेट, रोज, इलैंची, पान, केशर, तुलसी, मसाला र लेमन गरि २२ भन्दा बढी प्रकारका चियाहरुको स्वाद प्राप्त गर्न सकिने अर्का संचालक मनोज सोनीले जानकारी दिए ।
विराटागर र इटहरीमा समेत भेस्पा र अप्रिलियाको शोरूम महेश सोनी र मनोज सोनीले संचालन गर्दै आएका छन्।