विराट गोल्डकप बारे कलेजमा अभिमुखीकरण

<span class='c1'>विराट गोल्डकप बारे</span> <span class='c2'>कलेजमा अभिमुखीकरण</span>

विराटनगर । विराट गोल्डकपको बारेमा कलेजहरुमा अभिमुखीकरण कार्यक्रम तीव्र पारिएको छ ।

विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको बारेमा कलेजका युवा विद्यार्थीहरुलाई विराट गोल्डकप के हो ? कसरी सुरु भयो ? विराट गोल्डकपको इतिहास के हो ? पहिलाको भन्दा यसपटक गोल्डकप किन फरक छ लगायतका विषयलाई समेटेर जानकारी दिने उद्देश्यसहित कलेजहरुमा अभिमुखीकरण तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रत्येक दिन एउटा कलेजमा अभिमुखीकरण हुदै आएको छ भने अबको केही दिनमा भने दुई वटा कलेजमा अभिमुखीकरण गर्ने तयारी रहेको विराट गोल्डकपका इभेन्ट म्यानेजर सरोज लम्सालले आवर विराटनगरलाई जानकारी दिए।

लम्सालका अनुसार फागुन १० गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अहिले सम्म ६ कलेजमा सम्पन्न गरिसकेको र फागुन महिना भारी विराटनगरको बाकी रहेको कलेजहरुमा समेत अभिमुखीकरण गर्ने आयोजकको योजना रहेको बताए।

नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित २ करोड ५० लाख खर्च लाग्ने आयोजकको भनाई छ । सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले 'ए' डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्