विराटनगरको न्युरो हस्पिटलमा आजदेखि एक महिनासम्म ओपिडी सेवा निःशुल्क

<span class='c1'>विराटनगरको न्युरो हस्पिटलमा आजदेखि एक</span> <span class='c2'>महिनासम्म ओपिडी सेवा निःशुल्क</span>

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा रहेको न्युरो हस्पिटलले सेवाग्राहीलाई एक महिनासम्म छुटको योजना ल्याएको छ ।

हस्पिटलले आजदेखि आगामी चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो ।

हस्पिटलले पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचेतना मूलक अभियानको कार्यक्रम पनि गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।

सम्पूर्ण महिलाहरूको सम्मानका लागि महिना भरी प्रसूति तथा स्त्री रोगको ओपिडी सेवा निःशुल्क गरिएको छ । प्रसूति तथा स्त्री रोग ओपिडी सेवाको जाँचमा २५ प्रतिशत छुट रहेको रहेको छ । हस्पिटलमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेकी प्रा.डा. शैलजा क्षेत्री (श्रेष्ठ) र डा.निशा अधिकारी रहेकी छिन् । अस्पतालले पाठेघरको मुख सम्बन्धी क्यान्सरको जाँच पनि निःशुल्क गर्ने भएको छ । हस्पिटलले स्तन क्यान्सर सम्बन्धी परामर्शको साथै सचेतना कार्यक्रम पनि गर्ने मेडिकल डाइरेक्टर प्रा.डा. शैलजा क्षेत्री श्रेष्ठले बताउनुभयो ।

यस्तै हस्पिटलले मानसिक स्वास्थ्य सम्बन्धी परामर्श परामर्श दिने भएको छ । महिला स्वास्थ्य सम्बन्धी हेल्थ प्याकेजहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । एक महिनासम्म निःशुल्क सेवा लिने महिलाहरूको परिवारका सदस्यहरूलाई पनि विभिन्न स्वास्थ्य सेवाहरूमा छुटको
व्यवस्था गरिने हस्पिटलले जनाएको छ ।

७५ प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेको हस्पिटलले ६ वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्य सचेतना कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्