विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशसभामा नामाकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सुचना जारी नगर्दासम्म सभा, विरोध र जुलुश गर्न निश्चित क्षेत्रमा निषेधको सुचना जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्वारा हस्ताक्षरित सुचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलय तथा मन्त्री निवास आसपास सभा, सम्मेलन, विरोध धर्ना र जुलुश गर्न निषेध गरिएको हो ।