विराटनगरमा पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटना

<span class='c1'>विराटनगरमा पूर्व डिआइजी भक्ति</span> <span class='c2'>माझीको कार दुर्घटना</span>

विराटनगर । नेपाल प्रहरीका पुर्व डिआइजी भक्ति माझीको सवारी दुर्घटनामा परेका छन् ।

नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटामा दुर्घटना परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् ।

पुर्वबाट पश्चिम पुष्पलाल चोक तिर आउने क्रममा कारको टायर पम्चर हुँदा अनियन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

माझीले चलाएको कारमा भिम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्