विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा स्थानीयको साथ

<span class='c1'>विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित</span> <span class='c2'>बनाउने अभियानमा स्थानीयको साथ</span>

विराटनगर । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् ।

सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् ।

सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ । साथै सार्वजनिक जग्गा मिचेर बनाएका घर र टहरासमेत महानगरले हटाउने अभियानलाई जारी राखेको छ ।

विराटनगर-७ स्थित हाटखोला चोकदेखि सिंघिया पुलसम्मको संरचना हटाउन तीनवटा डोजरसहित महानगरको टोली पुगेको थियो । महानगरको टोली पुग्दा स्थानीय बिहानैदेखि सडक मापदण्डमा परेका टहरासहितका संरचना हटाइरहेका थिए । त्यसपछि महानगरको टोलीले आरोहण गुरुकुलको अगाडि संरचना हटाएको थियो । सो क्रममा स्थानीयले महानगरको अभियानमा साथ दिन तयार रहेको बताएका थिए । महानगरले सबैलाई समान व्यवहार गरे अभियानमा सदैव साथ रहने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए ।

विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन मेयर नागेश कोइरालाले आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्