ईश्वर बचत तथा ऋण सहकारी संस्थाले मनायो १०ओैं वार्षिकोत्सव

<span class='c1'>ईश्वर बचत तथा ऋण सहकारी</span> <span class='c2'>संस्थाले मनायो १०ओैं वार्षिकोत्सव</span>

विराटनगर । विराटनगर ८ हाटखोलास्थित ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यक्रम गरी १०ओैं वार्षिकोत्सव मनाएको छ।

सहकारीले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको हो। फागुन १९ गते विराटनगर ८ स्थित बद्री नारायण मार्गको संगम चौकदेखि हाटखोला गीता मन्दिर हुदै मोरङ कारागारसम्मको सडक सरसफाई तथा उक्त सडकमा धुलो नियन्त्रणका लागि ट्याक्टरबाट पानी प्रयोग हालिएको थियो ।

साथै सोही दिन संस्थाको कार्यक्षेत्र चार स्थानीय तह विराटनगर महानगरपालिका , कटहरी गाउँपालिका, ग्रामथान गाँउपालिका र जहदा गाँउपालिका माध्यमिक तहका विद्यार्थीहरुलाई सहकारीका सम्बन्धमा अनुसन्धान तथा खोज क्षमताको विकास गराउने अभिप्रायबाट " आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी "भन्ने विषयलाई उठान गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो।


उक्त प्रतियोगितामा श्री सरस्वती नमुना मा.वि. ग्रामथान-२ , श्री मिल्स मा.वि. विराटनगर -१६ , आदर्श माध्यमिक विद्यालय विराटनगर -७ , श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगर -७, ध्रुवतारा सेकेन्डरी इङलिस बोर्डिङ स्कुल कटहरी-२, श्री पोखरिया माध्यमिक विद्यालय विराटनगर -३ र नमुना विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुल विराटनगर -८ ले सहभागीता जनाएका थिए ।

उक्त वक्तृत्वकला प्रतियोगितामा श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगर -७ को कक्षा १२ की छात्रा स्वेच्छा सिटौलाले प्रथम स्थान हासिल गरी नगद तीन हजार १ सय रुपैया र प्रशंसा पत्र, आदर्श माध्यमिक विद्यालय विराटनगर -७ को कक्षा ९ की छात्रा मुस्कान पन्तले दोस्रो स्थान हासिल गरी नगद दुई हजार १ सय रुपैया र प्रशंसा पत्र , श्री सरस्वती नमुना माध्यमिक विद्यालय ग्रामथान -२ को कक्षा ९ का छात्र समिर साहले तेस्रो स्थान हासिल गरी एक हजार १ सय रुपैया र प्रशंसा पत्र र नमुना विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुल विराटनगर -८ को कक्षा ८ की छात्रा मानसी मण्डलले सान्त्वना पुरस्कार वापत ५ सय रुपैया र प्रशंसा पत्र प्राप्त गरेकी थिइन ।

वक्तृत्वकला प्रतियोगितामा विराटनगर -१६ को श्री मिल्स माध्यमिक विद्यालयबाट कक्षा ९ का छात्र उमेश नुनिया , कटहरी -२ को ध्रुवतारा सेकेन्डरी इङलिस बोर्डिङ स्कुलबाट कक्षा ९ की छात्रा युनिषा बराल र विराटनगर -३ को पोखरिया माध्यमिक विद्यालयबाट कक्षा १२ की छात्रा रोनिस्मा पोख्रेलले भाग लिएका थिए ।

सहकारी संस्थाले फागुन २० गते रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै कोशी अस्पताल विराटनगरको प्राविधिक सहयोगमा वरिष्ठ फिजिसियन डाक्टर रोशन खड्का , गाइनोलोजी डाक्टर सुवेश कुमार साह र दिव्य ज्योति आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा वरिष्ठ नेत्र रोग विशेषज्ञ राम सेवक साहको स्वास्थ्य टोलीद्वारा नि:शुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

उक्त शिविरमा सदस्य तथा वडावासीहरुले उल्लेख्य मात्रामा नि:शुल्क स्वास्थ्य परिक्षण गराएका संस्थाका व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्