विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र र लक्ष्मी स्कुल

<span class='c1'>विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको</span> <span class='c2'>फाइनलमा महेन्द्र र लक्ष्मी स्कुल</span>

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र स्कुल र लक्ष्मी स्कुल जहदा प्रवेश गरेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर- ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको खेलमा विजयी हुँदै महेन्द्र स्कुल र लक्ष्मी स्कुल फाइनलमा प्रवेश गरेको हो ।

पहिलो खेलमा बालिका स्कुलले सत्यनारायण स्कूललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ११ ओभरमा ८ विकेट गुमाई ६३ रनको बनाएको थियो । जस्मा आर्कती चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । बालिकाकी वुमन अफ द म्याच पिंकी राजवंशीले ३ विकेट लिँदा रचना उराँवले २ विकेट लिइन् ।

६४ रनको विजयी लक्ष्य पछ्याएको बालिकाले ७ दशमलव २ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । जस्मा मुस्कान ठाकुरले नटआउट १५ रनको योगदान दिएकी थिइन् । सत्यनारायणकी आकृती चौधरीले १ विकेट लिइन् ।

दोस्रो खेलमा जहदाको लक्ष्मी स्कुलले विराटनगरमा सरस्वती स्कुललाई ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लक्ष्मीले लगातार दुई खेलमा विजयी हुँदै समुह ए को टप भएर फाइनलको यात्रा तय गरेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई ९२ रन बनाएको थियो । जस्मा पूर्णिमा राजवंशीले २१ रन बनाउँदा प्रतिभा मण्डलले १२ रन बनाइन् । लक्ष्मीकी वेदिका राजवंशी २ विकेट लिइन् ।

९३ रनको लक्ष्य पछ्याएको लक्षीले १३ दशमलव ४ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा वुमेन अफ द म्याच सृजना राजवंशीले २८ रन जोड्दा फुलकुमारी राजवंशीले १६ रनको जोडिन । सरस्वतीकी मुस्कान भगतले २ विकेट लिइन् ।

तेस्रो खेलमा महेन्द्र स्कूल र सत्यनारायण स्कुल विचको खेल टाइ भएको छ भएपछि महेन्द्रले ३ खेलमा १ मा जित र १ मा टाइ भएपछि ३ अंककासाथ फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १५ ओभरमा ४ विकेट गुमाई ९७ रन बनाएको छ । जस्मा वुमेन अफ द म्याच अम्विका राजवंशी ले १९ रन बनाउँदा मनिका राजवंशीले १३ रन र रविना राजवंशीले १० योगदान दिइन् । सत्यनारायणकी दिक्षा परियार र दिपिका साहले २-२ विकेट लिइन् ।

९८ रनको विजयी लक्ष्य पाएको सत्यनारायले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९७ बनाए पछि खेल टाइ भएको हो । जस्मा खुश्वू रामले सर्वाधिक १६ रनको योगदान दिइन् । महेन्द्रकी रविना राजवंशी, भुमिका राजवंशी, मनिका राजवंशी र स्नेहा सहनीले १-१ विकेट लिइन् ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिकाभित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरुको सहभागि रहेको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ जानकारी दिए ।

प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको प्रवद्र्धन विराटनगर महानगरपालिकाले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्