विराटनगरमा इक्युवालिटि कप महिला क्रिकेट सुरु, मोरङ र सिरहाको विजयी सुरुवात

<span class='c1'>विराटनगरमा इक्युवालिटि कप महिला क्रिकेट सुरु,</span> <span class='c2'>मोरङ र सिरहाको विजयी सुरुवात</span>

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा शुरु भएको छ ।

महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता शुरु भएको हो ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा मोरङ र सिरहा विजयी भएका छन् ।

पहिलो खेलमा कोशी प्रदेशको मोरङले गण्डकी प्रदेशको एमसिसि महिला-११ लाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित १६ ओभरमा २ विकेट गुमाई १ सय ४९ रनको विशाल स्कोर बनाएको थियो । मोरङकी वुमेन अफ द म्याच सोनु राजवंशीले ३१ रन बनाउँदा टिका साहले अविजित ३० रन, पुर्णिमा राजवंशीले २४ रन र सृजना राजवंशीले अविजित २१ रनको योगदान दिइन् । एमसिसिकी शुसिला तामाङ र एलिना गोतामेले १-१ विकेट लिइन् ।

१ सय ५० रनको विशाल लक्ष्य पछ्याएको एपसिसिले १३ दशमलव १ बलमा ४५ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा खुशी राजवंशी र वेदिका राजवंशी २-२ विकेट लिइन् ।

दोस्रो खेलमा सिरहाले सप्तरीलाई २ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १२ रनको स्कोर बनाएको थियो । सिरहाकी चन्द्रीका साहले ३१ रन अजमेरी खातुनले १२ रन बनाइन् । सप्तरीकी बन्दना च्बजकले ३ विकेट लिँदा साक्षी यादवले २ विकेट लिइन् ।

१ सय १३ रनको लक्ष्य पछ्याएको सप्तरीले निर्धारितओभरमा ९ विकेट गुमाई १ सय १० रनमा सिमित भयो । सप्तरीकी बन्दना रजकले १३ रन बनाउँदा दिपिका पंशिले अविजित १२ रन, साक्षी यादवले १२ रन र सुस्मीता यादवले पनि १२ रन बनाइन् । सिरहाकी वुमेन अफ म्याच चन्द्रीका साहले ४ लिँदा रोशनी साहले २ विकेट लिइन् ।

फाल्गुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहा तथा गण्डकी प्रदेशबाछ एमसिसि-११ सहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्