खेल क्षेत्रको विकासका लागि महानगर गम्भीर छ : मेयर कोइराला

<span class='c1'>खेल क्षेत्रको विकासका लागि महानगर</span> <span class='c2'>गम्भीर छ : मेयर कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ ।

उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका क्षेत्रमा पनि विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको चर्चा गर्नुभयो । उहाँले खेलकुदका माध्यमबाट विराटनगरको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन सकिने उल्लेख गर्नुभयो । विराटनगर-६ स्थित रामपुर पश्चिममा लिजमा लिएर बनाइएको मैदानमा आजदेखि महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा मोरङ, सप्तरी, सिरहा र एमसीसी-११ को सहभागिता रहेको आयोजक संस्था नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिशेक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । यस्तै सोही अवसरमा आजैदेखि सञ्चालनमा ल्याइएको क्रिकेट मैदानको मेयर कोइरालाले उद्घाटन गर्नुभयो ।

साढे ५ बिघा क्षेत्रफलमा खेल मैदान फैलिएको छ । १० वर्षका लागि खेलकुद प्रयोजनका लागि सो जग्गा लिजमा लिइएको श्रेष्ठले बताउनुभयो ।

त्यस्तै महिलातर्फको अण्डर नाइन्टिन राष्ट्रिय खेलाडी सानु राजवंशी र पुरुषतर्फका दीपक कँडेललाई सम्मान गरिएको थियो । उनीहरूलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्