विराटनगरको तुलसी सहकारी ठगी प्रकरण : १२१ जना पीडितले दिए उजुरी

<span class='c1'>विराटनगरको तुलसी सहकारी ठगी प्रकरण :</span> <span class='c2'>१२१ जना पीडितले दिए उजुरी</span>

विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुमुखी बहेउद्देश्यीय सहकारी संस्था लिमिटेडका आठजना विरुद्ध प्रहरीले ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । नेपालभर कार्यक्षेत्र भई विराटनगरमा मुख्य कार्यलय भएको सहकारीले ठगी गरेको भन्दै १२१ बना बचतकर्ताले आइतबार जाहेरी दिएपछि प्रहरीले पक्राउ परेका तीनजनालाई सोमबार सार्वजानिक गरेको हो ।

प्रहरीले संस्थाका क्षेत्रीय प्रवन्धक विराटनगर–२ का मन्दिप खवास, उर्लाबारी नगरपालिका ६ घर भई संस्थाको उपाध्यक्ष अनिता गौतम र झापा भद्रपुर–१४ घर भई सहकारी संस्थाको सचिव सविना न्यौपानेलाई सार्वजानिक गरेको हो ।

सहकारीमा २१ हजार ७१३ जना सदस्य रहेको देखिएको छ । जसमध्ये चारहजार सदस्य विराटनगरमा रहेको मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिएका छन् । सोमबार सहकारीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पोखरेलले १२ करोड ९ लाख चार हजार ४८७ रुपिँया ठगी भएको उजुरी प्राप्त भएको जानकारी दिएका छन् ।

२०५२ साल चैत १३ गते सहकारी विभागमा ४१७-०५२-०५३ दर्ता नम्बरमा दर्ता भएका सहकारीका विराटनगरमा मुख्य कार्यालय भई झापाको दमक, उदपयुरको गाईघाट र सिरहाको गोलबजारमा सेवा केन्द्र रहेका छन् ।
गत फागुन १ गतेदेखि सहकारी संस्थाको कार्यालयहरु बन्द गरेर सञ्चालक फरार रहेका छन् । बाल बचत÷ज्येष्ठ नागरिक बचत÷भविष्य सुनिश्चित बचत÷सुपर पेन्सन बचत÷अवधी बचत÷कर्मचारी चल्ती बचत-विशेष बचत-साधारण बचत लगायतका खाताहरु सञ्चालन गरेर शेयर सदस्य हुँदा १५ प्रतिशतसम्म ब्याज, बोनस दिने आकर्षक योजनाका प्रलोभन देखाएर रकम ठगी गरेको जाहेरवालाले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

बचतकर्ता रमा पौडेलसहित १२१ को उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । प्रहरीले थप बचतकर्ता ठगीमा परेको भए उजुरी दिन आह्वान गरेको छ । आह्वान गरिएसँगै सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीकर्ताको लाइन लागेको छ ।

सञ्चालकले योजनावद्ध तरिकाले ठुलो रकम हिनामिना गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्