विराटनगरमा जारी मिल्स गोल्डकपमा सहलेस युवा क्लब सेमिफाइनलमा

<span class='c1'>विराटनगरमा जारी मिल्स गोल्डकपमा</span> <span class='c2'>सहलेस युवा क्लब सेमिफाइनलमा</span>

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा धकेलिएको थियो ।


जितको लागि सिराहाका यानिक, नविन न्यौपाने, डेनियल, स्यानगियो,निश्चल ठाकुरी र दिपसन राईले गोल गरेका थिए । सिरहाका निश्चल लामाको प्रहार साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले उत्कृष्ट बचाए । फोफोनाको प्रहार बाहिरियो ।
साइनको तर्फबाट असिम राई,सन्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गरेका थिए । साइनको सागर विक, दोर्जे तामाङ्ग र दिवेश मगरको प्रहार सिरहाका गोलकिपर सागर मगरले उत्कृष्ट सेभ गरिदिएर टिमलाई समिफाइनलमा पु¥याए । उनै गोलकिपर मगर खेलको म्यान अफ द म्याच घोषित भए । घरेलु दर्शकको साथ पाएको साइनोले खेल सुरु भएको एक मिनेटमै सन्जय धिमालले गोल गरे । खेल सुरू भएको एक मिनेटमै गोल भएपछि सिराहा दबाव परेको थियो । पहिलो गोल खाएपछि सिराहले आक्रामक शैली अपनाएको १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल गरेपछि खेल बराबरीमा ल्याए । सिराहाका सुदिप मगरले निकालिदिएको क्रस पासलाई यानिकले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा यानिकले आधा दर्जन गोल गर्ने अवसर चुकाए । ३८ औं मिनेटमा पेलान्टि एरियादेखि यानिकको प्रहार बाहिरदा पहिलो हाफमा दोब्बर पार्ने अवसर गुमाएको थियो ।
दोस्रो हाफदेखि सिराहाले आक्रमक खेल पस्कियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्