ट्याक्टरले ठक्कर दिएर एघार वर्षिय बालकको मृत्यु

<span class='c1'>ट्याक्टरले ठक्कर दिएर एघार</span> <span class='c2'>वर्षिय बालकको मृत्यु</span>

सप्तरी, जेष्ठ १७

सप्तरीको मधुपट्टी गाविस ४ स्थित भित्री सडकमा आज बिहान ट्याक्टरले ठक्कर दिएर एघार वर्षिय एक बालकको मृत्यु भएको छ।

स्थानीय शिवनारायण चौधरीको छोरा रमित कुमार चौधरीलाई बाटो क्रश गर्नेक्रममा बिहान ६ बजेतिर स. १ त ३२१० नम्बरको ट्याकटरले ठक्कर दिएको हो।

ट्याक्टरको ठक्कबाट गम्भीर घाइते बालकको उपचारकालागी रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पताल लहान लैजानेक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।

बालकको शव सोही अस्पतालमा राखिएको छ भने ठक्कर दिने ट्याकटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्