जोगबनी नाकाबाट लागुऔषधसहित तीन पक्राउ

<span class='c1'>जोगबनी नाकाबाट लागुऔषधसहित</span> <span class='c2'>तीन पक्राउ</span>

मोरङ, जेष्ठ १७ गते।

मोरङको बिराटनगर उपमहानगरपलिका २१ स्थित जोगबनी नाकाबाट आइतबार लागुऔषधसहित तीन युवक पक्राउ परेका छन।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १६ एकम्बा बस्ने १८ वर्षिय कमल चौधरी, सोही ठाउँ बस्ने २१ वर्षिय दयाराम चौधरी र बिराटनगर २ का २२ वर्षिय सुर्य श्रेष्ठ रहेका छन।

अपरान्ह ४ बजेतिर जोगबनी बजारबाट आउदै गरेका उनीहरुलाई लागुऔषध नियन्त्रण ईकाई बिराटनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट १३० पिस नाइट्रोसन ट्याब्लेट तथा एभिल, डाइजेल्याब र लुपिजेसिक नामक ईन्जेक्सन एक\एक एम्पुल बरामद भएको थियो।

बरामद लागुऔषधसहित तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्