आवर बिराटनगरका सल्लाहकार तामाङ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषदमा नियुक्त

<span class='c1'>आवर बिराटनगरका सल्लाहकार तामाङ राष्ट्रिय सूचना</span> <span class='c2'>तथा सञ्चार प्रविधि परिषदमा नियुक्त</span>

बिराटनगर जेष्ठ १७, - केहि दिन आगाडी प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषदलाई पूर्णता दिइएकोमा आवर बिराटनगर डट नेटका सल्लाहकार तथा क्यान मोरंगका अध्यक्ष निर्मल तामाङ नियुक्त हुनुभएको छ  ।

परिषदमा ८ जना सदस्य नियुक्त गरिएको छ  ।  सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित संघ संस्था मध्येबाट विनोद ढकाल र निर्मल तामाङलाई सदस्य नियुक्त गरिएको छ ।यसैगरि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अध्ययन/अध्यापन गराउने विश्वविद्यालय वा प्रतिष्ठानका सम्बन्धित प्राज्ञहरूमध्येबाट प्रा.डा. शशिधरराम जोशी र डा. मनिष पोखरेल    , सूचना तथा सञ्चापर प्रविधि क्षेत्रका विशेषज्ञहरु मध्येबाट रोमकान्त पाण्डे र बाबुराम अर्याल तथा सूचना तथा सञ्चापर प्रविधि क्षेत्रमा काम गर्ने उद्यमी/व्यवसायी मध्येबाट वसन्त वन र सुरेश रेग्मी सदस्य नियुक्त भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघबाट रहने पदेन सदस्यमा भने सञ्जीव राजभण्डारी तोकिएका छन् ।वैशाख ३० गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषद गठन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्