विराटनगर । नेपालका लागि नर्वेजियन राजदूत टोरूल ड्रामदलले संसदको खुलापन र पारदर्शीताले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् ।
संसदीय पत्रकार मन्च कोशी प्रदेशले बुधबार विराटनगरमा आयोजना गरेको संसदको खुल्लापन तथा अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपालको लोकतन्त्र अन्य मुलुकहरुको तुलनामा उन्नत रहेको बताउँदै उनले संसदीय खुलापन र पारदर्शीताले त्यसमा अझ बल पुर्याउनेमा जोड दिए । नर्वे सरकारले संयुक्त राष्ट्रसंघीय विकास परियोजनाको संसद सहयोग कार्यक्रम मार्फत संसदीय खुलापन र पारदर्शीताको पक्षमा सहयोग गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले मुलुक संघीय संरचनामा गएपछि सुरुभएको प्रदेशिक संसदको अभ्यास पनि क्रमश खुला र पारदर्शी बन्दै गएको बताए ।