विराटनगर । मोरङ प्रहरीले बुधबार सीमावर्ती क्षेत्रमा गरेको गस्तीका क्रममा भारतबाट भित्र्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिइएको छ । सीमावर्ती क्षेत्रमा परिचालित प्रहरी टोलिले २ लाख ५ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।
भन्सार छलेर ल्याउँदै गरेको कुर्था–सुरुवाल, साडी, मोटर्स पार्टस्, ग्याँसको पाइप, किटको कराई जस्ता सामान बरामद भएको प्रहरीले जानकारी दिइएको छ । प्रहरीले नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको छ ।