विराटनगर । कोशी प्रदेश नाम खारेजी विरुद्ध ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ मोरङको विराटनगर स्थित १ नं. प्रदेश सभाको गेट नजिकैबाट सुरु भएको छ ।
किरात राई लेखक संघ,थाक्थुङ लेखक संघ केन्द्रीय समिति, किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियानको संयुक्त अयोजनामा आज (चैत्र २)बाट ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ आजबाट सुरु भएको हो ।
सडक साहित्य यात्राको क्रममा प्रदेश सभाको गेटबा कबिता वाचन गर्ने क्रममा जनकऋषी राईलाई प्रहरीले धरपकड गरेका थिए ।
वडा प्रहरी कार्यालय मोरङबाट आएको डीएसपीको नेतृत्वमो राईसँगै साहित्यकार सञ्जय याक्खालाई समेत नियन्त्रणमा लिएको थियो । अहिले उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले रिहाइ गरेको छ ।