ईडेन नेशनल स्कुलमा चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता

<span class='c1'>ईडेन नेशनल स्कुलमा चित्रकला</span> <span class='c2'>तथा निबन्ध लेखन प्रतियोगिता</span>

विराटनगर, १८ जेठ ÷ विराटनगर– ४ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो बार्षिक कार्य योजना अनुसार चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रतियोगिता सम्पन्न गरेको हो ।
स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगितामा कक्षा एक देखि कक्षा पाँच सम्म अध्ययरत विद्यार्थीहरुको सहभागीता रहेको स्कुलको प्रिन्सिपल सि.एम. बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा ३ सय ७४ जना विद्यार्थी चित्रकलामा र २ सय ९२ जना विद्यार्थीले निबन्ध लेखन प्रतियोगितामा भाग लिएको स्कुलले जनाएको छ ।
प्रतियोगितामा विजय हुने विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल सि. एम. बस्नेत र अन्य शिक्षकहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
स्कुलले विद्यार्थीहरुको सर्वाङ्गीण विकाशको साथै उनीहरुको व्याक्तित्व विसको लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्