विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको छ ।
चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरु उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् ।
महेन्द्र मोरङ क्याम्पसमा विगतका इतिहासलाई फर्किएर हेर्दा ती वर्षहरूमा भन्दा शान्तिपूर्ण तरिकाले निर्वाचन भएको पूर्व विद्यार्थी नेताहरू बताउछन् ।