बिराटनगर जेठ १९ , कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को धुर्मुस सुन्तली फाउन्डेसनका लागि सहयोगार्थ बिराटनगरमा यहि जेठ २१ र २२ बिराटनगर जुनियर जेसिसको आयोजनामा सहयोग संकलन कार्यक्रम हुने भएको छ । सहयोग संकलनका लागि बिराटनगर जुनियर जेसिसका स्वयंसेवकहरुले बिराटनगरका विभिन्न ३ तीन ठाउँमा म:म बेच्ने र त्यसबाट बचेको रकम फाउन्डेसनका लागि छुट्याइने जेसिसका अभियानता अभिनास थापाले बताए । बिराटनगरको ट्राफिक चोक , बरगाछी र मेन रोडमा दिउँसो १ बजेबाट शुद्ध साहकारी म:म बेचेर सहयोग संकलन गरिने थापाले जानकारी दिनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न ठाउँमा भुकम्प पिडितका लागि एकीकृत नमुना बस्ती साथै सहयोग संकलन गरिरहेको छ ।