कोशी नदीमा डुबेर पंकज रामको मृत्यु

<span class='c1'>कोशी नदीमा डुबेर</span> <span class='c2'>पंकज रामको मृत्यु</span>

सुनसरी, जेष्ठ १९
सुनसरीको श्रीपुर गाविसस्थित कोशी कटान क्षेत्रमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ।
श्रीपुर गाविस वडा नम्बर ५ र ७ को बिचमा कटान क्षेत्रमा बगेको पानीमा नुहाउनेक्रममा डुबेर भारत अररिया घर भएका ५० वर्षिय पंकज रामको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टाबारीले जनाएको छ।
सोही गाउँमा बाथको औषधी बिक्रि गर्दै हिड्ने राम मंगलबार दिउँसो गर्मी छल्न भनि नदीमा हामफालेकोमा लामो समयसम्म बाहिर ननिस्केपछि उनीसंगै रहेका उनका मामा लालु रामले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा प्रहरी चौकी भाण्टाबारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरी मृतको शव जिल्ला अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्