विश्व मुख दिवसको अवसरमा विराटनगरमा सचेतना र्‍याली

<span class='c1'>विश्व मुख दिवसको अवसरमा</span> <span class='c2'>विराटनगरमा सचेतना र्‍याली</span>

विराटनगर । विराटनगरमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतनामूलक र्‍याली निकालिएको छ ।

नेपाल डेन्टल एशोसिएसन मोरङको आयोजनामा तथा कोशी अस्पताल र नोबेल मेडिकल कलेजको सहयोगमा विराटनगरमा सोमबार बिहान सचेतनामूलक र्‍याली निकालिएको हो ।

कोशी अस्पतालबाट सुरु भएको र्र्यालीले नगर परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको थियो । र्‍यालीमा दन्त रोग विशेषज्ञ चिकित्सक, कोशी हस्पिटलका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।


विश्व मुख दिवसको अवसर पारेर हप्ता दिनभरी सप्ताहव्यापी सचेतना मूलक कार्यक्रम गरी मनाउने नेपाल डेन्टल एशोसिएसन मोरङकी महासचिव डा. मिरा आचार्यले जानकारी दिइन् । चैत ६ देखि १२ गतेसम्म सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउने तयारी गरिएको उनले बताइन् । सचेतनामूलक कार्यक्रमको सुरुवात र्‍यालीबाट भएको छ । सप्ताह अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । विराटनगरसहित मोरङको जुनसुकै डेन्टल हस्पिटल र क्लिनीकहरुमा ज्येष्ठ नगारिकहरुको दन्त चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य उपचार हुने उनले बताइन् । यो सेवा एक हप्तासम्म जारी रहनेछ ।


सप्ताहको अन्तिम दिन विराटनगर महानगरपालिका भित्र वृहत् स्वास्थ्य शिविरको तयारी गरिएको छ । शिविरमा आएका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्