विराट गोल्डकपमा आठ टिम : दिल्ली एफसी नआउने, सट्टामा भुटानको ड्युक लयुल क्लव

<span class='c1'>विराट गोल्डकपमा आठ टिम : दिल्ली एफसी</span> <span class='c2'>नआउने, सट्टामा भुटानको ड्युक लयुल क्लव</span>

विराटनगर । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपमा आठ टिम सहभागी हुने भएका छन् । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगितामा नेपालका तीन विभागिय क्लव एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटा, जावलाखेल र घरेलु विराटनगर सिटी क्लव सहभागी हुनेछन् । यसैगरी भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लव आउने भएका छन् । दिल्लीको एफसी क्लवले भने अन्तिम समयमा नआउने जनाएको छ ।

आठ टिम सहभागी हुने प्रतियोगिता नौ दिनसम्म सञ्चालन हुनेछ । यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।

प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँ प्रतिगोटा टिकट दर तोकिएको छ । त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ । प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।

विराटनगरमा २०१८ सालदेखि हुँदै आएको महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०५७ सालदेखि सुरु भएको हो । विराट गोल्डकपको यो सातौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्