कोशी प्रदेश सरकारले पनि क्रिकेटर ललित र दिपेशलाई सम्मान गर्ने

<span class='c1'>कोशी प्रदेश सरकारले पनि क्रिकेटर</span> <span class='c2'>ललित र दिपेशलाई सम्मान गर्ने</span>

विराटनगर । कोशी प्रदेश सरकारले राष्ट्रिय क्रिकेटरद्धय ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।

खेलकुद बोर्डको आज (सोमबार) बसेको १६ औँ बैठकले राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई एक लाख ११ हजार एक सय ११ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

यस्तै बजेटमा बिनियोजित खेलहरु समेत समयमै गराउने निर्णय समेत गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्