विराटनगर । नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मान गरेको छ ।
खेलकुद महासंघ मोरङले मंगलबार सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
विराटनगरका खेलाडी राजबंशी र कँडेललाई महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरेका थिए ।
यस्तै महासंघले ललितका बुबा ६० वर्षीय जयनारायण र आमा सुककुमारीदेवी राजबंशी र नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोसन सिंहलाई समेत सम्मान गरेको छ । ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ ।