सधै व्युटिपार्लरमा व्यस्त हुने व्युटिसियन वृद्धाआश्रममा भेटिएपछि

<span class='c1'>सधै व्युटिपार्लरमा व्यस्त हुने</span> <span class='c2'>व्युटिसियन वृद्धाआश्रममा भेटिएपछि</span>

प्रेम देवान
विराटनगर । अरुबेला व्युटिपालर अनि श्रृङगारको कार्यमा व्यस्त रहने व्युटिसियनहरु मंगलबार भने घरपरिवार विहीन भई वृद्धाआश्रममा बस्दै आएका वृद्धाआमाबुबाको स्याहार सुसार गरिरहेका थिए ।


कोही आमाबुबालाई खानाको बन्दोवस्ता गरिरहेका थिए भने, कोही आमाबुबाहरुको स्वास्थ्य सरसरफाईमा खटिरहेका थिए । त्यति मात्र हैन स्वास्थ्यकर्मीहरुले आखा कम देख्ने अनि कान कम सुन्ने जेष्ठनागरिकहरुको चेकजाच पनि गरिरहेका थिए ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन ) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा रहेका सौन्दर्यकर्मी महिलाहरुले निःशुल्क आँखा शिविर तथा स्वास्थ्य सरसफाईको सामाजिक कार्य गरेका थिए ।


राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले हाजी आँखा अस्पतालसँग मिलेर विराटनगर ८ स्थित विश्वेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर गर्नुका साथै पौष्टिक खाने कुरा र स्वास्थ्य सरसफाई गरेको महानगर अध्यक्ष भलि सुब्बाले जानकारी दिनुभयो ।
स्वास्थय शिविरमा आश्रममा रहेका ४२ जना ज्येष्ठ नागरिकहरूको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएको मध्ये ११ जना ज्येष्ठ नागरिकहरूको मोतिया बिन्दु देखिएको स्वास्थ्य जाँच गरेका दृष्टि रोग विशेषज्ञ डा वीरेन्द्र रायले जानकारी दिनुभयो ।


स्वास्थ्य जाँच गरिएको मध्ये ११ जना ज्येष्ठ नागरिकहरूको शल्यक्रिया विराटनगर रानीमा रहेको हाजी आँखा अस्पतालमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले जिफन्टसँगको सहयोगमा निःशुल्क गर्ने जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले जानकारी दिनुभयो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको वार्षिक उत्सवमा विराटनगर कमिटीले प्रत्येक वर्ष विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको समेत अध्यक्ष सुब्बाले बताउनुभयो । वार्षिक उत्सवमा सामाजिक कार्य गर्ने उद्देश्यले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँचसँगै पौष्टिक आहार र ब्यूटिसियनहरुले ज्येष्ठ नागरिकहरूको श्रृगार गरिएको कमिटिकी सचिव बसन्ती गुरुङले जानकारी दिनुभयो ।


कार्यक्रम सुरु अघि औपचारीक कार्यक्रम गरिएको थियो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीको सचिव बसन्ती गुरुङले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला रहेका थिए । कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष धमलाले यस्ता सामाजिक काम राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले जस्तै अरू संघसंस्थाहरुले पनि गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विश्वेश्वर वृद्धा आश्रमका अध्यक्ष जगत प्रसाद अर्यालले ज्येष्ठ नागरिकहरू बसोबास गर्ने स्थानमा आएर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले पुण्यको काम गरेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गङ्गा तामाङ, प्रदेश सचिव कला डाँगी, नावुन विराटनगरकी निवर्तमान अध्यक्ष अमिता पौडेल पोखरेल, हाजी आँखा अस्पतालका डा.वीरेन्द्र राय, प्रशासन प्रमुख अन्जनी पोखरेलल लगायत कार्यसमिती पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्