विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
आजको उद्घाटन खेलमा आयोजक विराटनगर सिटी क्लव र नेपाल पुलिस क्लव भिड्दैछन् ।
फुटबल प्रतियोगिता जारी हुँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक अनावरण गरेको हुन् ।
इटहरीको भद्रकाली कला कुञ्जका प्रमुख अभिषेक तिम्सिनाले विश्वविख्यात फुटबलर पेलेको अर्धकदको सालिक निर्माण गरेका हुन् ।
उनले विराटनगर महानगरपालिकालाई निःशूल्क उपलब्ध गराएपछि गोल्डकप आयोजक समितिले उक्त सालिक सहिद मैदानमा राखेको हो ।