विराटनगर । ग्लोबल मनी सप्ताहको अवसरमा विराटनगरमा नेपाल बैंक लिमिटेड मिल्स एरिया शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार विराटनगर १६ स्थित मिल्स मा.वि.मा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत ९० जना विद्यार्थीहरु सहभागी भएका थिए। युवा वर्गलाई लक्षित गरी युवा अवस्था देखीनै वित्तिय रुपमा शिक्षित बनाई उत्तम निणर्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बैंकले जनाएको छ । आधारभुत बैकिङ, बैकिङ उपकरण,डिजिटल बैकिङ र ब्याज सम्बन्धी कक्षा संचालन गरिएको नेपाल बैंक लिमिटेड मिल्स एरिया शाखाका सहायक शाखा प्रबन्धक शम्भु पंडितले जानकारी दिए ।

बैंकका शाखा प्रबन्धक चन्द्र कला खत्री ,खजाञ्ची सचिन गुप्ता र कर्मचरी सन्त कुमार राईले वित्तिय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरेका थिए । युवाहरुमा वित्तिय शिक्षाको महत्वको बारेमा जागरण ल्याउने उदेश्यले वार्षिक रुपमा साप्ताहिक अभियानको रुपमा मनाउने ग्लोबल मनी सप्ताहको सन्दर्भमा सो कार्यक्रम गरिएको थियो।