विराट मेडिकलले सञ्चालनमा ल्यायो क्यान्सर ईन्स्टिच्युट

विराट मेडिकलले सञ्चालनमा ल्यायो क्यान्सर ईन्स्टिच्युट

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको छ ।

करिब चार अर्बको लगानीमा अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । मोरङको टङ्कीसिनवारीमा सञ्चालन भइरहेको अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचार तथा शल्यक्रियामा सहयोग पुग्ने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतीद्धारा क्यानसररोगको उपचार विधि सुरु भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार कोशी प्रदेशसहित अन्य प्रदेश र भारतको विहार , पश्चिम बङ्गालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालानमा ल्याइएको हो ।

क्यान्सर ईन्स्टिच्युटले दक्ष चिकित्सक साथमा अन्तराष्ट्रिय स्तरको प्रविधी र विशेषज्ञको टिमसहित सबै किसिमका क्यानसरको उपचार सेवा दिँदै आइरहेको छ । इन्स्टित्युटले क्यान्सर रोग सम्बन्धिको उपचार एउटै छानामनि दिँदै आइरहेको छ । जसमा रेडिएसन थेरापी ,मेडिकल अन्कोलोजी, किमोथेरापी ड्ड टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी , सर्जिकल अन्कोलोजी (महिला, पुरुष तथा बालबालिका) रेडियो–डाईग्नोसिस र इन्टरभेन्सनल रेडियोलोजी , स्टेरियोट्याक्टीक म्यामोग्राफी , प्रिभेन्टीम अन्कोलोजी , प्यालिएटीभ केयर , प्याथोलोजी विभाग, आहार तथा पोषणविदद्वारा परामर्श , मनोविदद्वारा परामर्श लागयतका सेवा दिँदै आइरहेको अस्पतालले जनाएको छ । क्यान्सर उपचारका लागि नेपाल सरकारद्धारा उपचार सुविधाको पनि व्यवस्था रहेको छ ।

अस्पतालमा स्त्री क्यानसर रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिह कार्की, डा. मोना प्रियादर्शीनी, क्यान्सर शल्य चिकित्सक (अन्को सकर्जन) द्धया डा. शिवराम शर्मा, डा. धुव्रनारायण साह, पिडीयाट्रिक अन्कोलोजिष्ट डा. शुवास मेहेता, पिडीयाट्रिक अन्को सर्जन डा.हिरामणी पाठक, क्लिनीकल अन्कोलोजिष्टद्धय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, मेडिकल अन्कोलोजीष्ट डा. सुलभ सापकोटा, अन्को रेडियोलोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानु प्रताप शाह लगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दे आइरहका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्